Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सशस्त्र युद्धको स्मरण र महान शहिदहरुप्रति उच्च सम्मान गर्दै गण्डकीमा फागुन १ गते सार्वजनिक बिदा

सशस्त्र युद्धको स्मरण र महान शहिदहरुप्रति उच्च सम्मान गर्दै गण्डकीमा फागुन १ गते सार्वजनिक बिदा

जोईन खबर

२८, माघ २०८१
  • 817
    SHARES
  • सशस्त्र युद्धको स्मरण र महान शहिदहरुप्रति उच्च सम्मान गर्दै गण्डकीमा फागुन १ गते सार्वजनिक बिदा

    २८ माघ काठमार्डाँ । गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते गाउँपालिका भित्र सार्वजनिक बिदा दिने भएको छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको दिन भएकोले पालिकाले  आज एक सूचना जारि गर्दै  फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो। पालिकाले २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले शसस्त्र युद्धको स्मरण र सशस्त्र युद्वका क्रममा शहादत प्रप्ता गरेका शहिदहरुको उच्च सम्मान गरि  पालिका भित्र फागुन १ गते कुनै पनि संघ संस्थाहरुको कार्यलय बन्दा गरिने निर्णय गरेका छन् ।

    images

    नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन ०१ गते देखि संचालित भएकोले महान शहिदहरुप्रति उच्च सम्मान गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गण्डकी गाउँपालिका जनाएको छ ।  फागुन १ गते गण्डकी गाउँपालिका र त्यस अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिएको पालिकाका प्रशासकीय अधिकृत किरणबाबु कट्टेलले जानकारी दिनु भयो ।

    images
    images
    images

    पालिकाले  शसस्त्र युद्ध दिवसका दिन आउने २०८१ फागुन १ गते गण्डकी गाउँपालिकाले पालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय, अर्ध तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थाहरु लगायतका सबै निकायहरुमा १ दिन सार्वजनिक विदा दिने निर्णय भएको हुदा उक्त दिन सम्पुर्ण सरकारी कार्यालय, अर्ध तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थाहरु लगायतका सवै निकायहरुमा सार्वजनिक विदा दिइएको व्यहोरा जानकारी गराईएको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले  जानकारी दिनु भयो । 

    प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - १२:२४:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको