Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तेक्वान्दोका आयुर र दिक्षान्तलाई मलेसियामा स्वर्ण

तेक्वान्दोका आयुर र दिक्षान्तलाई मलेसियामा स्वर्ण

जोईन खबर

२८, माघ २०८१
  • 742
    SHARES
  • तेक्वान्दोका आयुर र दिक्षान्तलाई मलेसियामा स्वर्ण

    २८ माघ काठमाडौँ । नेपालका आयुर ढकाल र दिक्षान्त लामिछानेले मलेसियामा भएको १२औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनसिपमा आयुर र दिक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जित्यो । दुवै स्वर्ण नेपालले पुम्सेमा जितेको हो ।

    images

    आयुरले ९ देखि ११ वर्ष उमेरसमूहमा र दिक्षान्तले १२ वर्षमुनि उमेरसमूहमा स्वर्ण पदक जितेका हुन् । आयुरले झापाको मेची तेक्वान्दो डोजाङ र दिक्षान्तले हात्तिवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् । नेपालले समान तीन रजत र कांस्य पदक पनि जित्यो । रिप्सना घिमिरे ग्योरोगीतर्पm महिला ४१ केजीमुनि रजत पदक जित्न सफल भएकी हुन् ।

    images
    images
    images

    अर्को रजत पदक भने द सेलिब्रेसन को–एडका जेमोस मगरले पुम्से ९ वर्षमुनि उमेरसमूहमा ल्याए ।ग्योरोगीतर्पm सिनियर पुरुष ५८ केजी तौलसमूहमा राकेश सापकोटाले रजत पदक जिते । फाइटतर्पm नै असिम श्रेष्ठले ३७ केजीमुनि तौलसमूहमा कांस्य जिते । लिरिक्स फुयाँलले ९ देखि ११ वर्ष उमेरसमूहको एकल पुम्सेमा कांस्य पदक जितेका हुन् ।

    उक्त च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विजेता खेलाडी तथा अफिसियललाई मलेसियास्थित नेपाली राजदूत डा। नेत्रप्रसाद तिम्सिनाले सम्मान गरेको नेपाली टोलीका सदस्य विमल रोकायले जानकारी दिए ।

    प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - २२:३८:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको