Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप भोलिदेखि

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप भोलिदेखि

जोईन खबर

२८, माघ २०८१
  • 643
    SHARES
  • फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप भोलिदेखि

    २८ माघ काठमाडौँ । प्रतिष्ठित फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप भोलीदेखि रोयल नेपाल गल्फ क्लबमा आयोजना हुँदैछ । ५४–होलको प्रतियोगितामा जुनियर गल्फरहरू विभिन्न तीन उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन्। ब्वाइज १७–२१ वर्ष, ब्वाइज १२–१६ वर्ष, र गल्स १२–२१ वर्षमा प्रतिस्पर्धा हुनेछ ।

    images

    प्रत्येक समूहका विजेताले आगामी अप्रिल २३ देखि २५ सम्म  भियतनामको ला–लगुनामा आयोजना हुने फाल्डो जुनियर टुर  एसिया ग्रान्ड फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले जानकारी  दिए ।

    images
    images
    images

    ब्वाइज १७–२१ वर्ष तर्फ सदभावले सिधै फाईनलमा निमन्त्रणा पाएका कारण उक्त स्पर्धामा दुई जनाले सहभागिता जनाउने छन् ।प्रतियोगितामा चार प्रदेशका ३१ जना जुनियर गल्फरहरूको सहभागीता रहनेछ । जसमा नेपालका शीर्ष एमेच्योर गल्फर तथा फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनल १७–२१ का विजेता सदभाव आचार्य पनि सहभागी हुनेछन्।

    प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुनेछ।फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप सन् २०१२ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ। यो सिरिज छ पटकका मेजर च्याम्पियन सर निक फाल्डोको विश्वव्यापी जुनियर गल्फ प्रवद्र्धन अभियानको एक हिस्सा हो। उनले यस प्रतिष्ठित सिरिजमार्फत युवा प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

    प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - २२:४४:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको