२९ माघ काठमाडौँ । काठमाडौंको कमलपोखरीमा रहेको शानदार म म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको उपचारको क्रम मृत्यु भएको छ ।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । घाइतेको सोमबार मृत्यु भएको हो ।
गत बिहीबार मस्म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।