२९ माघ काठमाडौँ । नेपालका देशभरका बजारमा ग्यासको अभाव हुन थालेको । उपभोक्ताहरूले नियमित किन्ने गरेको ठाउँमा बिक्रेताले खालिहात पठाउने गरेका छन् । बिहीबार व्यवसायीहरूले पत्रकार सम्मेलन गर्दै ग्यास आयात गर्ने चेतावनी दिएसँगै डिलरहरूमा ग्यास पाइन छाडेको हो ।
उनीहरूले माघ ३० गते नेपाल आयल निगमबाट वस्तु डेलिभरी, अर्डर तथा खरिद नगर्ने पनि बताएका थिए । साथै फागुन १ देखि ५ गतेसम्म सबै ग्यास उद्योगले विरोधका कार्यक्रमबारे प्रचारप्रसार गर्ने, ६ गतेदेखि भारतीय आयल निगम (आईओसी) बाटोमा ग्यास बुलेट लोड गर्न नदिने कार्यक्रमको तयारी गरिएको छ ।
कतै कुनै व्यवसायीले बन्दको नाममा ग्यास स्टक राखेर उपभोक्तालाई दुःख दिने मनाशायले गल्ती गर्छन् भने कडाभन्दा कडा कारबाहीको दायरामा ल्याइने उनले बताए ।
दसैँदेखि ग्यास कम आयात भएको र त्यसको असर हो । बन्दको घोषणापछि उपभोक्ताको भीड डिलरमा लाग्न थालेको छ । व्यवसायीहरूको मागका विषयमा छलफल भइरहेको र छिटै समस्या समाधान हुने उनले आश्वस्त पारे।