३० माघ काठमाडौँ । गोरखा भीमसेनथापा गाउँपालिका वडा न २ ओख्लेका मिलन भट्टराई आठौँ मिस्टर टुरिजम वल्र्ड प्रतियोगितामा भाग लिन भियतनाम प्रस्थान गरेका छन् ।उक्त प्रतियोगिता १२ फेब्रुअरीदेखि आयोजना हुन लागेको हो ।
यस खेलमा नेपालको तर्फबाट भिड्न खेलाडी भट्टराई नेपालबाट सोमबार भियतनाम उडेका छन् । भट्टराई मिस्टर टुरिजम नेपाल २०२४ का विजेता समेत हुन् ।
विश्वभरका पर्यटन प्रवद्र्धकहरूलाई नेपाल भित्र्याउन आफूले भूमिका खेल्ने उनले बताएका छन् । प्रतियोगितामा सहभागी भएर नेपालको संस्कृति र प्राकृतिक सौन्दर्यलाई पर्यटन प्रवद्र्धनको आयामबाट अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने उनको भनाइ छ ।फिटनेस र मोडलिङमा सफलता हासिल गरेका भट्टराईले यस क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका छन् ।