Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अखिल क्रान्तिकारीले भारतमा नेपाली विद्यार्थी मृतफेला परेको घटनाको अनुसन्धान गर्न माग गर्दै काठमाडौंको माइती घरमा प्रदर्शन

अखिल क्रान्तिकारीले भारतमा नेपाली विद्यार्थी मृतफेला परेको घटनाको अनुसन्धान गर्न माग गर्दै काठमाडौंको माइती घरमा प्रदर्शन

जोईन खबर

६, फाल्गुण २०८१
  • 871
    SHARES
  • अखिल क्रान्तिकारीले भारतमा नेपाली विद्यार्थी मृतफेला परेको घटनाको अनुसन्धान गर्न माग गर्दै काठमाडौंको माइती घरमा प्रदर्शन

    ६ फागुन काठमाडौँ । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारतको ओडिसास्थित नेपाली विद्यार्थी मृतफेला परेको घटनाको अनुसन्धानको माग गर्दै काठमाडौंको माइती घरमा प्रदर्शन गरेको छ ।भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा रहेकी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको छानबिनका लागि कूटनीतिक पहल गर्न माग गर्दै अखिल क्रान्तिकारीले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

    images

    उनीहरूले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने, नेपाली विद्यार्थीको सुरक्षा हुनुपर्ने माग समेत राखेका छन् । प्रदर्शनमा सहभागीले प्रकृति लम्साललाई न्याय दे, नेपाली विद्यार्थीमाथि भएको दमन बन्द गर, भारतमा अध्ययनरत विद्यार्थीको रक्षा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    images
    images
    images

    अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले हजारौँ विद्यार्थी पढ्नका लागि बाहिर जानुपर्ने अवस्था र त्यसमाथि पनि नेपाली विद्यार्थी असुरक्षित हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । नेपाली विद्यार्थीलाई अभद्र व्यवहार गर्ने दुईजना सुरक्षा गार्डलाई सेवाबाट हटाइएको र तीनजना निलम्बित भएको कलेजले जनाएको छ । आइतबार राति रुपन्देहीकी २१ वर्षीया लम्साल छात्रावासमा मृत फेला परेकी थिइन् ।

    प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - २०:१२:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको