६ फागुन काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वर बस स्टप नजिकै शङ्कास्पद वस्तु फेला परेको परेको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि स्थानियहरुले प्रहरीलाई खबर गरि अहिले घटनास्थलतर्फ नेपाल प्रहरी पुगेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँको टोली शङ्कास्पद वस्तु भएको स्थानमा अनुसन्धानका लागि टोली खटाइएको हो । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएको एक प्रहरीले बताए ।
हाल घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सुरक्षाका कारण त्रिपुरेश्वर क्षेत्रको सडकमा आवागमन प्रभावित भएको छ भने एम्बुलेन्सहरू पनि उक्त स्थानतर्फ गइरहेका छन्। घटना बारे थप विवरण आउन बाकी छ ।