Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एथलेटिक्स टोली पाकिस्तान जाने

एथलेटिक्स टोली पाकिस्तान जाने

जोईन खबर

७, फाल्गुण २०८१
  • 622
    SHARES
  • एथलेटिक्स टोली पाकिस्तान जाने

    ७ फागुन काठमाडौँ । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ ।फागुन ११ गते हुने प्रतियोगिताको सिनियरमा २ र जुनियरमा ३ गरी ५ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    images

    सिनियरमा सुशिलकुमार शाही र सञ्जय श्रेष्ठ सहभागी हुने छन् । जुनियरमा बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले भाग लिने छन् । सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । नेपालले सिनियरमा व्यक्तिगत तथा जुनियरमा व्यक्तिगत र टिम इभेन्टमा सहभागिता जनाउने छ ।

    images
    images
    images

    प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले प्रतियोगिता भनेको खेलाडीले प्रशिक्षणमा गरेको तयारीलाई प्रमाणित गर्ने अवसर भएको बताए ।

    प्रकाशित मिति :फाल्गुण ७, २०८१ बुधवार - १८:५४:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको