Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ज्ञान निकेतन, रिलायन्स र ग्रिन लन्सलाई उपाधि

ज्ञान निकेतन, रिलायन्स र ग्रिन लन्सलाई उपाधि

जोईन खबर

७, फाल्गुण २०८१
  • 766
    SHARES
  • ज्ञान निकेतन, रिलायन्स र ग्रिन लन्सलाई उपाधि

    ७ फागुन काठमाडौँ । ज्ञान निकेतन, रिलायन्स रेसिडेन्सियल र ग्रिन लन्सले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, रिलायन्स सिनियर गल्र्स र ग्रिन लन्स  जुनियर ब्वाइजमा च्याम्पियन बने ।पिङलास्थानस्थित आयोजक हिमाली बोर्डिङ स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले विल्सन एकेडेमीलाई ७२–६१ ले पराजित ग¥यो ।

    images

    ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले २१ अंक जोडे ।सिनियर गल्र्सको उपाधि भिडन्तमा रिलायन्सले हिमालीलाई ४४–३५ ले हरायो । रिलायन्सकी एलिशा तामाङले १६ स्कोर गरिन् ।जुनियर ब्वाइजको फाइनलमा ग्रिन लन्सले सम्भावीमाथि ४०–२५ को जित दर्ता ग¥यो । ग्रिन लन्सका देव देउलाले २२ अंक बटुले ।सिनियर ब्वाइजमा ज्ञान निकेतनका दिप्सन अधिकारी, सिनियर गल्र्समा रिलायन्सकी एलिशा र जुनियर ब्वाइजमा ग्रिन लन्सका देव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

    images
    images
    images

    सिनियर ब्वाइजमा केयर इङलिस, सिनियर गल्र्समा क्यान्भास र जुनियर ब्वाइजमा इस्टपोल अनुशासित टिम बने ।विजेतालाई संघीय सांसद कान्तिका सेजुवाल, हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्याय, हिमालीका चेयरम्यान जगदीश्वर बराल र को–ओर्डिनेटर कल्पना बोहरा, हेम्सका प्रिन्सिपल एसके गौतमलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सिनियर ब्वाइजमा १४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिम सहभागी थिए ।

    प्रकाशित मिति :फाल्गुण ७, २०८१ बुधवार - १९:०१:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको