८ फागुन काठमाडौँ । आज मधेसबाहेक बाँकी ६ वटै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज वर्षा र हिमपातको सम्भावना बढेको हो। यसैबीच आज राजधानी काठमाडौँमा भने छिटपुट मात्र वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए। काठमाडौँ वर्षा हुने सम्भावना त कमै छ ।
कोसी प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपात हुने सम्भावना छ। मधेस प्रदेशमा तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ। बागमती प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपात हुने सम्भावना छ।गण्डकी प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङरसहित हल्का वर्षा साथै हल्का हिमपात हुने सम्भावना छ।
लुम्बिनी प्रदेशमा दिउँसोः पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकरदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशमा दिउँसोः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेशमादिउँसोः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।