Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट ताकुमाझ लाकुरीबोटमा ११ र १२ कक्षा सञ्चालनका लागि ७० लाखको अक्षयकोष स्थापना

बारपाक सुलिकोट ताकुमाझ लाकुरीबोटमा ११ र १२ कक्षा सञ्चालनका लागि ७० लाखको अक्षयकोष स्थापना

जोईन खबर

१०, फाल्गुण २०८१
  • 877
    SHARES
  • बारपाक सुलिकोट ताकुमाझ लाकुरीबोटमा ११ र १२ कक्षा सञ्चालनका लागि ७० लाखको अक्षयकोष स्थापना

    १० फागुन काठमाडौँ । गोरखा बारपाक सुलिकोट–५ को ताकुमाझ लाकुरीबोटमा  जलकन्यादेवी माध्यमिक विद्यालयमा ११ र १२ कक्षा सञ्चालनका लागि ७० लाखको अक्षयकोष स्थापना  भएको छ । स्थानीयहरूबाट दुई वर्ष सम्म चलेको अभियानबाट सो अक्षयकोष सञ्चालनमा ल्याइएको हो । विद्यालयको ७२ औँ वार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा अक्षयकोष सञ्चालन समितिका अध्यक्ष  पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले अक्षयकोष बारेमा बताएका हुन् ।  उक्त वडामा सिंगापुर रेडक्रस र सिंगापुर नेपाली समाजको आर्थिक सहयोगमा निर्मित ८ कोठे भवनको उद्घाटन गाउँ पालिका अध्यक्ष विष्णुप्रसाद भट्ट र पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए ।

    images

    बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले दस जोड दुई सञ्चालनका लागि जनस्तरबाट ठुलो रकम उठेको भन्दै सह्राना  व्यक्त गरेका छन् ।  साथै उनले  विद्यालयको सर्वाङ्गीण विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताए ।शैक्षिक सत्र २०८० देखि विद्यालयमा ११ र १२ कक्षा सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले जानकारी दिए । विद्यालयको ७२ औँ वार्षिक उत्सवको अवसरमा विद्यालयले अक्षयकोष सञ्चालन समितिका संयोजक दोलखबहादुर गुरुङ, चन्दादाता हरिजंग दवाडी, प्रेम गुरुङ, गोपाल गुरुङ, सनक गुरुङ, शारदा भुजेल, रोलक थापा, नरहरि वाग्ले, राजु खड्का,  बिन्दु थापा, लगायत सबै चन्दा दाताहरूलाई सम्मान गरेको थियो ।

    images
    images
    images

    अक्षयकोष निर्माणमा अनुकरणीय योगदान दिएबापत टिकादेवी गुरुङ तथा विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकाललाई गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट र संयोजक दोलख बहादुर गुरुङले सम्मान गरेका थिए ।विद्यालयका बि।स।२०५६ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरूले एक लाख एक सय सत्ताइस रुपैयाँको छुट्टै अक्षय कोष स्थापना गरेका छन् ।सामाजिक सञ्जालमार्फत देश विदेशमा रहेका साथीहरूबिच रकम सङ्कलन गरी अक्षय कोष स्थापना गरेको संयोजक मधुकर खड्काले जानकारी दिए । 

    प्रकाशित मिति :फाल्गुण १०, २०८१ शनिवार - २०:३८:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको