Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ताकुकोट बाह्रकोटमा अभिभावकविहीन बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था सुरु

ताकुकोट बाह्रकोटमा अभिभावकविहीन बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था सुरु

जोईन खबर

१६, फाल्गुण २०८१
  • 937
    SHARES
  • ताकुकोट बाह्रकोटमा अभिभावकविहीन बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था सुरु

    १६ फागुन काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गाउपालिका भित्रका सबै अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था गरेको छन् । यस गाउँपालिका वडा न –६  बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिएकोे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए ।

    images

    “चालु शैक्षिकसत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका अभिभावकविहीन बालबालिकालाई निःशुल्क खान, बस्न र पठनपाठनको व्यवस्था गरेका छौँ”, उनले भने, “अहिले १९ जना अनाथ बालबालिका गाउँपालिकाले सञ्चालन गरेको छात्रावासमा अध्ययनरत छन् ।” छात्रवासमा नौ जना छात्रा र १० जना छात्र छन् । उनीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने जानकारी दिँदै पालिका अध्यक्ष भट्टले भने ।

    images
    images
    images

    अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खानबस्नको व्यवस्थाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको थियो । छात्रवासमा दुई जना महिला कार्यालय सहयोगी, छात्रवास सुरक्षाका लागि सुरक्षाकर्मी र एक जना निरीक्षकको पनि व्यवस्था गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण १६, २०८१ शुक्रवार - २२:२९:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको