२० फागुन काठमाडौँ । काठमाडौँ थापाथली चोकको सडकमा मेलम्ची खानेपानीको पाइप फुट्दा पाँच लाख लिटर पानी खेर गएको छ । एक्कासी पानीको पाइप फुट्दा पानी धेरै खेरा गएको हो । पाइप फुटेएको केही समयमै बन्द गर्न सकिएको थियो । बिहानै ५ बजे पाइप फुटेपछि त्यस क्षेत्रका केही पसलहरु डुबानमा परेका थिए ।
सडक र सडक पेटमा क्षति पुगेको थियो । सडकमा ढुंगा(माटो र गिट्टी थुप्रिएको थियो । सडकसमेत अवरुद्ध भएको थियो । फुटेको पाइपलाइन मर्मतका लागि खानेपानीमन्त्रीले निर्देशन दिएका थिए।
आज साँझसम्म सञ्चालन गर्ने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ ।यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो ।