२० फागुन काठमाडौँ । दाङमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । उक्त घटनामा पक्राउ पर्नेमा जुम्ला गुठीचौर गाउँपालिका वडा न १ मनिगाउँ २८ वर्षीय नेत्र बहादुर रोकाया रहेका छन् ।
जबरजस्ती करणी गर्ने नेत्र बहादुरले ती महिलालाई गढवा गाउँपालिका वडा न ३ गोवरडिहास्थित खेतमा लगेर बिहीबार राति जबरजस्ती करणी गरेका थिए ।
पिडितले तेही कारण उजुरी दिए पछि इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।उनलाई हाल पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।