Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा  जिल्ला समन्वय समितिका प्रमुख थापा गोरखा अस्पतालको नियुक्ती

गोरखा  जिल्ला समन्वय समितिका प्रमुख थापा गोरखा अस्पतालको नियुक्ती

जोईन खबर

२५, फाल्गुण २०८१
  • 625
    SHARES
  • गोरखा  जिल्ला समन्वय समितिका प्रमुख थापा गोरखा अस्पतालको नियुक्ती

    २५ फागुन काठमाडौँ । गोरखा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा  गोरखा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

    images

    गोरखामा शुक्रबार भएको नयाँ कार्यसमितिमा अध्यक्षमा मोहनबहादुर थापाको नेतृत्वको टिममा  सदस्यहरु गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, प्रमुख कोष तथा लेखा नियन्त्रक इन्द्रप्रसाद पौडेल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के रहेका छन् । यसै गरि यस संस्थाको सचिव रुपमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिद्धार्थ खनाललाई नियुक्ति भएका छन् ।

    images
    images
    images

    अस्पतालले शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ कार्यसमिति गठन गरेको हो । उक्त कार्यक्रममा  निवर्तमान समितिलाई कदरपत्र सहित बिदाई समेत गरिएको हो ।

    नयाँ कार्यसमिति चयन कार्यक्रम गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब विश्वबन्धु बगाले, चिकित्सक महाशखाका प्रमुख रमेशकुमार केसी, वरिष्ठ लेखा अधिकृत इन्द्रकमल सिग्देल, प्रकाश बराल, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लालप्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - १३:४५:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको