२५ फागुन काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कंदा आसपासका सडकहरु अवरुद्व भएको छ । उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका राजवादीको प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको हो । उनका समर्थकको प्रदर्शनका कारण गौशाला, मित्रपार्क, चाबहिल, धुम्बाराहीलगायत चक्रपथ रुटमा सवारी आवागमनमा समस्या भएको छ ।
राजावादीको भीडका कारण सवारी आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानएको छ ।
पूर्वराजा सवारी हुने रुटमा सवारी आवतजावत हुने अवस्था छैन । पूर्वतयारी गरेरै राजावादी स्वागतका निम्ति विमानस्थलबाहिर पुगेका थिए । पूर्वराजा शाह अपराह्न करिब ४ बजे काठमाडौं आइपुगेका हुन् ।पूर्वराजालाई समर्थकले विमानस्थलबाट र्यालीसहित निर्मलनिवाससम्म पुर्याउँदै छन् ।