Logo

बिहिवार, कार्तिक १३ गते २०८३

इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार व्यक्ति विमानस्थलबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार व्यक्ति विमानस्थलबाट पक्राउ

जोईन खबर

२६, फाल्गुण २०८१
  • 556
    SHARES
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार व्यक्ति विमानस्थलबाट पक्राउ

    २६ फागुन काठमाडौँ । सिन्धुली घर भएका  जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार व्यक्तिलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रकाउ पर्नेमा  सिन्धुलीको कमलामाई नगरपालिका वडा न २ चियाबारी बस्ने २७ वर्षीय आशिष बुढाथोकी रहेकाे प्रहरीले बताए । मुद्दा परेको उनलाई प्रहरीको टिमले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरेको हो।

    images

    जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तरर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चात एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

    images
    images
    images

    पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - १०:३९:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको