Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वराजा शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्रको भौतिक  संरचनामा क्षति भएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना

पूर्वराजा शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्रको भौतिक  संरचनामा क्षति भएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना

जोईन खबर

२६, फाल्गुण २०८१
  • 622
    SHARES
  • पूर्वराजा शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्रको भौतिक  संरचनामा क्षति भएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना

    २६ फागुन काठमाडौँ । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई  एक लाख जरिवाना तोकेको छ । हिजो आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमडौँ आउने क्रममा स्वागत गर्ने कार्य गर्दा महानगर क्षेत्र फोहोर बनाएको  र भौतिक  संरचनामा समेत क्षति पुगेको  भन्दै महानगरले  राप्रपालाई एक लाख जरिवाना उल्लेख गरेको छ ।महानगरले हिजो  आइतबार एक पत्र काटेर उक्त बिषय खुलाएको छ ।

    images

    पत्रमा यस्तो लेखिएको छ, प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,००० र(अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ।
     

    images
    images
    images

    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - १०:५८:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको