२६ फागुन काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी वडा न २ आरुघाट नजिक खयर घारी बुढीगण्डकी नदीमा एक पुरुषको शव फेला परेको छ । फेला परेको शव त्रिपुरासुन्दरी गाउपालिका २ र आरुघाट गाउपालिका नजिक खयर घारी बुढीगण्डकी नदिमा आधा शरिर देखिएको अवस्थामा नदिको बिच भागमा लास फेला परेको हो।
उक्त शव एक स्थानियले देखे पछि प्रहरीलाई खबर गरि अहिले प्रहरी सहित अन्य स्थानियको सहयोगमा शव निकाल्ने काम भई रहेको छ । तर खोजतलास गर्दा सम्म मृत्त फेला परेको शवको पहिचान भने खुलि सकेको छैन् ।
प्रहरीको टोली स्थानिय भएर नदिबाट निकालिएको शव पहिचानको बारेमा मुचुलका बनाइ खोजीकार्यको लागि प्रचार गरिएको छ । विभिन्न सामाजिक सञ्जालमार्फ कोही कसैको आफन्ता हराउनु वा सम्पर्कविहिन हुनु हुन्छ ,भने सल्यान्टार प्रहरी चौकिमा सम्पर्क गर्न अनुरोध गरिएको छ । प्रहरीले घटना बारे थप विवरण अनुसन्धान गरि रहेको छ ।