Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं महानगरले हिजो लगाएको रु एक लाख जरिवान राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै बुझायो

काठमाडौं महानगरले हिजो लगाएको रु एक लाख जरिवान राष्ट्रिय प्रजातन्त्र पार्टीले आजै बुझायो

जोईन खबर

२६, फाल्गुण २०८१
  • 640
    SHARES
  • काठमाडौं महानगरले हिजो लगाएको रु एक लाख जरिवान राष्ट्रिय प्रजातन्त्र पार्टीले  आजै बुझायो

    २६ फागुन काठमाडौँ । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलेलाई लगाएको रु एक लाख रूपैयाँ जरिवाना आज तिरेको छ । हिजो आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्दा  महानगरपालिका क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले जरिवानाको पत्र काटेको थियो ।

    images

    त्यसै पत्रलाई आधार मानी वा नियममा आधारीत भई महानगरलाई उक्त रकम तिरको जानकारी  राप्रपा नेता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफनो फेस्वुक पेजबाट बताएका छन् ।

    images
    images
    images

     

    eee.jpg                                  पैसा बुभाएकाे भाैचार

    शाहीले भनेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर, नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ, रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ। भनेका छन् ।

    shasha.jpg

     

    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - १५:०२:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको