Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एयर इन्डियाको विमानमा बम राखिएको धम्की आएपछि  मुम्बई नै डाइभर्ट गरियो 

एयर इन्डियाको विमानमा बम राखिएको धम्की आएपछि  मुम्बई नै डाइभर्ट गरियो 

जोईन खबर

२६, फाल्गुण २०८१
  • 643
    SHARES
  • एयर इन्डियाको विमानमा बम राखिएको धम्की आएपछि  मुम्बई नै डाइभर्ट गरियो 

    २६ फागुन काठमाडौँ । मुम्बईबाट न्युयोर्क गइरहेको एयर इन्डियाको विमान एआई–११९ मा बम राखिएको धम्की आएपछि उक्त उडान मुम्बई नै डाइभर्ट गरिएको छ। सोमबार बिहान ८ घण्टा ३७ मिनेटको उडानपछि विमान डाइभर्ट गरिएको थियो ।

    images

    विमानमा १९ चालक दलका सदस्यसहित ३ सय २२ यात्रु सवार थिए । एयर इन्डियाले उडानको वासरूममा एउटा नोट भेटिएको र जसमा बमको धम्की भएको पाइएको जनाएको थियो।  विमान भारतीय समयअनुसार १० बजेर २५ मिनेटमा मुम्बई नै फर्किएको थियो। मुम्बई एयरपोर्टको टर्मिनल-२ बाट विमानले दिउँसो त्यहाँको समयअनुसार पौने २ बजे न्यूयोर्कका लागि उडान भरेको थियो।

    images
    images
    images

    यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ। एयरलाइन्सले अब अप्रिल ११ गते बिहान ५ बजेका लागि उडान समय सारिएको जनाएको छ ।यसअघि मार्च ६ मा सिकागोबाट दिल्लीका लागि एयर इन्डियाको अर्को विमान प्राविधिक गडबडीका कारण ५ घण्टापछि सिकागो फर्किनुपरेको थियो ।  एजेन्सी

    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - १६:४५:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको