Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फर्जी भर्ना गरिएको आरोपमा अखिल (क्रान्तिकारी)ले पब्लिक युथ क्याम्पसमा तालाबन्दी

फर्जी भर्ना गरिएको आरोपमा अखिल (क्रान्तिकारी)ले पब्लिक युथ क्याम्पसमा तालाबन्दी

जोईन खबर

२७, फाल्गुण २०८१
  • 988
    SHARES
  • फर्जी भर्ना गरिएको आरोपमा अखिल  (क्रान्तिकारी)ले पब्लिक युथ क्याम्पसमा तालाबन्दी

    २७ फागुन काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले फर्जी भर्ना गरिएको आरोपमा पब्लिक युथ क्याम्पसमा तालाबन्दी गरेको छ । आउदो चैत ५ गते हुन लागेको  रास्ववियू निर्वाचनमा निर्वाचन आयोग पब्लिक युथ क्याम्पसद्वारा निकालिएको अन्तिम मतदाता नामावली सूचिमा विटिटिएम् प्रोग्राम तेस्रो सेमेस्टरमा अध्ययनरत विधार्थीहरुको सूचीमा फर्जी पाइएको भन्दै तालाबन्दी गरिएको हो ।

    images

    यस विषयमा निर्वाचन समितिलाई जानकारी गराउँदा पनि बेवास्ता गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको र वास्तविक विद्यार्थीलाई मताधिकारबाट वञ्चित गरेकोले बाध्य भएर तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    ros.jpg

    विद्यार्थीहरूको भर्नाको विषयलाई लिएर वि.वि.ए र वि बिएम् प्रोग्रामको धेरै जसो विद्यार्थीहरुको हामीलाई तथ्याङ्क उपलब्ध नगराए‌को विषयप्रति पनि हाम्रो संगठन घोर भ्रत्सना गर्दछ समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    उक्त मतदाता नामावली विज्ञाती अनुरूप संसोधन नभएकाले हाम्रो संगठन अनेरास्ववियू (क्रान्तिकारी) ताला लाउन बाध्य भएको जानाकारी अखिल क्रान्तिकारी पब्लिक युथ क्याम्पस संयोजक रोशन कालिकोटे बताए । यस संगठनले गरेको माग पुरा नभए सम्म ताला नखोल्ने प्रतिबद्वता जनाएका छन् । 

    प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - १०:३२:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको