२७ फागुन काठमाडौँ । बैदेशिक रोजगार पठाइदिन्छु भन्दै रकम ठगीको आरोपमा गोरखाकी एक महिला पक्राउ परेकी छन् । उक्त घटनामा पक्राउ पर्ने गोरखा आरुघाट गाउँपालिका वडा न –४ घर भई हाल काठमाडौं बस्दै आएकी २४ बर्षीया सरु परियारलाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रकम ठगी गर्ने परियारले आकर्षक तलवको प्रलोभनमा पारी रोजगारका लागि अष्ट्रेलिया पठाइदिने भन्दै दुई लाख ५० हजार रकम लिएर सम्पर्कविहिन भएपछि पीडित पक्षले उनीबिरुद्ध जाहेरी दिएका थिए ।
सोही जाहेरीको आधारमा काठमाडौंबाट उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनका अनुसार पक्राउ परेकी परियारलाई थप अनुसन्धान र कारबाहीका लागि बैदेशिक रोजगार बिभागमा पठाइएको छ ।