२७ फागुन काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेर खरिद बिक्रि भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ, भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । हिजो सोमबार बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।