२७ फागुन काठमाडौँ । संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनको अध्यक्षमा रेणुका सुवेदीको प्यानल नै विजयी भएका छन् । हिजो सोमबार भएको निर्वाचनमा सुवेदी नेतृत्वको प्यानल विजयी भएको हो ।अध्यक्षमा सुवेदीले ९२ मत ल्याएर निर्वाचित भएकी हुन् ।
उपाध्यक्षमा सुवेदी प्यानलकै प्रविन राई एक सय ११ मत ल्याएर निर्वाचित,सचिवमा पवन महत निर्वाचित,सहसचिवमा अनिशा ढकालले एक सय दुई मत ल्याएर विजयी भइन् । यसै गरि कोषाध्यक्षका उम्मेदवार सुरज पाण्डे एक सय मत ल्याएर विजयी भए ।
सदस्यमा डल्ले गुरुङ एक सय ४३, सानुकाजी महर्जन एक सय १२, निरज दाहाल एक सय चार, सन्तोषकुमार यादव एक सय २२, ज्योती साह ९९ र सुदाम सुवेदीले एक सय १६ मत ल्याए ।
अध्यक्षमा निर्वाचित सुवेदी एमाले निकट नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमिती सदस्य हुन् ।