२७ फागुन काठमाडौँ ।मधेश प्रदेश सरकारको गृह तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।
आइतबार राति ११ बजेको एक्कासी पेट र छाती दुखेको यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यादवलाई राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगियो र फेरी थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लादा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालले बताए ।
सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।