Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गणतन्त्रको विकल्प राजतन्त्र होईन, लोकतन्त्रभित्रै आफ्नो स्थान खोज्न राजावादीलाई  पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रह 

 गणतन्त्रको विकल्प राजतन्त्र होईन, लोकतन्त्रभित्रै आफ्नो स्थान खोज्न राजावादीलाई  पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रह 

जोईन खबर

२७, फाल्गुण २०८१
  • 553
    SHARES
  •  गणतन्त्रको विकल्प राजतन्त्र होईन, लोकतन्त्रभित्रै आफ्नो स्थान खोज्न राजावादीलाई  पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रह 

    २७ फागुन काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्रै आफ्नो स्थान खोज्न राजावादीलाई आग्रह गरेका छन् । आज भएको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताएका हुन् ।

    images

    वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लेका छन् र सडकबाटै राजसंस्था पुनर्स्थापनाको चुनौती दिएका छन् । देश भित्र र बाहिरका चलखेल मिसिएका समेत प्रचण्डले भने । उनले यस्ता चलखेल हिजो र अस्ति हुँदै आए पनि तर अहिले अचानक किन वृद्धि भयो  भनेर प्रश्न गरे ।

    images
    images
    images

    साथै उनले सत्तामा रहेका पार्टीमा रहेकाले गरेका शासकीय शैली नै मूलकारण हो भन्ने बुझाइ रहेको प्रचण्डको भनाइ छ । उनले लोकतन्त्र प्रचण्डको जति ज्ञानेन्द्रको पनि हो भन्ने कुरा सबै राजनीतिक दलले मान्यता राखेको भन्दै असंवैधानिक बाटो खोजिए क्रान्ति हुने बताए । राजावादीहरू सडक र सदनमा रहेको भन्दै उनीहरू इतिहासको चक्का पछि फर्काउन लागेको बताए । 

    प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - १४:३१:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको