२७ फागुन काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठ महिना अघिसम्म जनताहरूमा असन्तुष्टि नभएको बताएका छन्।
आज नयाँ बनेश्वरको संसाद भवनमा भएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आठ महिना अघिसम्म जनताहरूमा त्यति निराश नभएको जनाए ।
आठ महिना अघिसम्म जुन स्थान धेरे आन्दोलन हुने माइतीघर पनि लगभग खाली भइसकेको थियो । आज मिटर ब्याज पीडितले सिडिओ अफिसभित्रै आत्महत्या गर्न खोजेको पढ्न परेको छ।
गुठी पीडित जनता सयौं किलोमिटर छिचोलेर आफ्नो कुरा सुनाउन आएका छन्। शिक्षकहरू चक डस्टर छोडेर आन्दोलन गर्न आएका छन्। सहकारी पीडित झन पीडित भएका छन्।