२७ फागुन काठमाडौँ । नेपाल कमर्स क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन समाजवादी मोर्चाको तर्फबाट स्ववियु अध्यक्षमा काशीराम जैसीले उम्मेदवारी दिएका छन् ।
मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)रहेका छन् ।विद्यार्थीतन्त्रमा ठूलो परिवर्तन ल्याउने उद्देश्य राख्दै अध्यक्ष पदको उम्मेदवारी दिएको जैसीले बताए ।
शैक्षिक सुधार, विद्यार्थीहरूको आवाजलाई मजबुत बनाउने र क्याम्पसको समग्र विकास गर्ने योजना रहेको उनले बताए ।उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुन अर्थात बुधबार तोकिएको छ ।
बुधबार नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।२९ फागुनमा उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक हुनेछ ।