२८ फागुन काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको अधिवेशनमा सोमबार बिदाई भाषण दिएपछि आफ्नो कुर्सी उठाएर संसदबाट बाहिर निस्किएका छन् । उनले बोकेको कुर्सी सामाजिक सञ्जालको विभिन्न मध्यमबाट भाइरल भइरहेको छ।
संसदबाट बाअिरा निस्किएको तस्बिरमा उनी कुर्सी बोकेर बाहिर निस्किँदै गर्दा क्यामेरातिर आफ्नो जिब्रो निकालेर देखाइरहेका देखिन्छन्। उनको यो संकेत के हो भन्ने स्पष्ट नभए पनि, क्यानडाको संसदीय परम्परा अनुसार सांसदहरूले पद छोड्दा आफ्नो कुर्सी पनि साथमा लैजान अनुमति छ। राजनीतिक विश्लेषकहरूले ट्रुडोको यो कदम आसन्न निर्वाचनको संकेत हुन सक्ने बताएका छन्।
बिदाई भाषणमा ट्रुडो भावुक देखिए। उनले विगत १० वर्षमा सरकारका उपलब्धिहरूलाई उल्लेख गर्दै पार्टीका समर्थकहरूलाई सक्रिय रहन आग्रह गरे।लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई नयाँ नेता चयन गरेको छ। ८५९ मत प्राप्त गरेका कार्नी क्यानडाका नयाँ प्रधानमन्त्री बन्नेछन्।