२८ फागुन काठमाडौँ । गोरखा लाप्राककी एक महिला काठमाडौंमा मृत फेला परेकाे छिन् । काठमाडौंको तार्केश्वर नगरपालिका वडा न –१० मनमैजु फूलबारी टोलमा गोरखाको धार्चे गाउँपालिका वडा न ४ लाप्राक घर भएकी ६५ वर्षीया बिसानी गुरुङ बुधबार मृत फेला परेको काठमाडौँ प्रहरीले जनाएको छ।
उनी आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए।
मृत्त भेटिएको शव पोष्टमार्टमको लागि तयारी भए रहेको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको समेत बताए ।