२८ फागुन काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका तर्फवाट त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी संकायको सवैभन्दा ठुलो क्याम्पस रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार संगम लामाले विद्यार्थी आन्दोलनको गति र मति वदल्ने उद्घोष गरेका छन्। क्रान्तिकारीको आरआर क्याम्पस अध्यक्षका उम्मेदवार लामाले भनेस्ववियु कुनै सत्ता होइन, विध्यार्थी हक-अधिकारका लागि निरन्तर लडिरहने आधिकारिक प्रतिपक्षी मञ्च हो।
शासक भएर होइन, विद्यार्थीको सेवक भएर सधैं उभिनेछु।लामाले विद्यार्थी आन्दोलनको नयां गति र दिशा खोज्नका निम्ति आफु चुनावमा उम्मेदवार वनेको वताए। अवको विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको हैन , उत्तरहरुको आन्दोलन वनाउन म स्ववियु सभापतिको उम्मेदवार वनेको समेत बताए । रामेछापको सुनापति स्थायी घर भइ हाल आरआर क्याम्पसको स्नातकोत्तर तहका नियमित विद्यार्थी रहेका लामा विद्यार्थी माझ स्थापित छन्।
विद्यार्थी माझ लोकप्रिय रहेका लामालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको क्रान्तिकारीका केन्द्रीय सचिव शिशिर बस्यालले जानकारी दिए । लामाले हिजाे मात्र आरआर क्याम्पसकाे प्रतिनिधित्व गरेर अध्यक्षकाे लागि उम्मेदवारी दर्ता गराएका छन् । सभापतिको उम्मेदवार दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ । चैत ५ मा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ ।