Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज तराई होलीमा विभिन्न रङ, अबिर ,बेलुन, पिचकारी किन्नेको भिड

आज तराई होलीमा विभिन्न रङ, अबिर ,बेलुन, पिचकारी किन्नेको भिड

जोईन खबर

१, चैत्र २०८१
  • 964
    SHARES
  • आज तराई होलीमा विभिन्न रङ, अबिर ,बेलुन, पिचकारी किन्नेको भिड

    १ चैत काठमाडौँ । आज तराई भेगका विभिन्न स्थानमा रङ, अबिर ,बेलुन, पिचकारी तथा होलीसँग सम्बन्धित टि–सर्ट र कुर्ता तथा होलीका अन्य सामग्री किन्नेको भीड देखिएको छ । महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजारलगायत धनुषाका मुख्य बजारसँगै अन्य ग्रामीण बजारमा पनि होलीका सामान किन्नेको भीड लागेको हो ।

    images

    होलीका लागि आवश्यक सामग्री किन्न प्राय सबै बजारका चोकमा अस्थायी रुपमा फुटफाटमा पसल थापेर मेला लाग्ने गरेको छ । यस्ता बजारमा विशेषगरी बालबालिका पिचकारी र पानी भर्ने बेलुन किन्न व्यस्त देखिएका छन् । पछिल्लो समय होली पर्वको लोकप्रियता बढेकाले रङ र अबिरको व्यापार पनि बढेको फुटकर व्यापारीहरूको भनाइ छ ।

    images
    images
    images

    ‘होली खेल्दै रमाउँदै व्यापार पनि हुने भएकाले व्यापारहरु आजको दिन निकै रमाइलो सहसुस  भएको समेत बताए । होलीका दिन सयौँ युवायुवती होली खेल्न विभिन्न जिल्ला र कामको शीलशीलाले विभिन्न शहरमा भएमा मान्छेहरु यहाँ होली खेल्न आउने गरेका छन् । विदेशी पर्यटकहरूसमेत यहाँ होली खेलेर रमाउने  गरेका छन् ।

     

    प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - १३:०९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको