१ चैत काठमाडौँ । नेपाल कमर्स क्याम्पस मिनभवनको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष उम्मेदवार बनेका कुशल कार्कीले अनेरास्ववियुका विशाल रोकाहालाई समर्थन भएका छन् ।
हिजो छलफल कै क्रममा दर्ता गरेको मनोनयन फिर्ता लिदै अर्का अध्यक्ष पदमा उठेका अनेरास्ववियुका विशाल रोकाहालाई उनको पक्षमा आउने मत दिने भएका छन् ।
चैत ५ गते हुने स्ववियु निर्वाचनमा सहभागी उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिने अन्तिम दिन थियो । यसअघि अनेरास्ववियु सदस्य समेत रहेका कार्कीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
उनले बिहीबार निर्वाचन समिति समक्ष उम्मेदवारी फिर्ता लिँदै एमालेनिकट अनेरास्ववियुका अध्यक्ष उम्मेदवार रोकाहालाई समर्थन जनाएका हुन् ।
नेपाल कमर्स क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा विशाल रोकाहा,सचिव मीन ओझा र कोषाध्यक्ष सौगात पुरीको प्यानल चुनावी मैदानमा आएका छन् । चुनाव यही चैत ५ गते बिहान ८ बजे देखि ४ बजे सम्मा हुने तयारी छ ।