Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आर आर क्याम्पसका शाहीले उम्मेदवारी फिर्ता लिदै अध्यक्ष  लामालाई समर्थन गर्ने

आर आर क्याम्पसका शाहीले उम्मेदवारी फिर्ता लिदै अध्यक्ष  लामालाई समर्थन गर्ने

जोईन खबर

१, चैत्र २०८१
  • 1.0K
    SHARES
  • आर आर क्याम्पसका शाहीले उम्मेदवारी फिर्ता लिदै अध्यक्ष  लामालाई समर्थन गर्ने

    १ चैत काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी संकायको सवैभन्दा ठुलो क्याम्पस  रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष उम्मेदवार बनेका समिर कुमार शाहीले अखिल क्रान्तिकारीका अध्यक्ष पदका उम्मेदवार संगम लामालाई समर्थन गर्न भएका छन् ।

    images

    हिजो छलफल कै क्रममा समिर कुमार शाहीले  दर्ता गरेको  मनोनयन फिर्ता लिदै अर्का अध्यक्ष पदमा उठेका अखिल क्रान्तिकारीका  संगम लामालाई उनको पक्षमा आउने मत दिने भएका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनमा सहभागी उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिने अन्तिम दिन थियो । यसअघि शाही अखिल क्रान्तिकारी मुगु जिल्ला सम्मेलनबाट जिल्ला सचिवमा निर्वाचित भएका  समेत रहेका शाहीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

    images
    images
    images

    fee.jpg

    उनले बिहीबार निर्वाचन समिति समक्ष उम्मेदवारी फिर्ता लिँदै अखिल क्रान्तिकारीका अध्यक्ष उम्मेदवार लामालाई समर्थन जनाएका हुन् ।अखिल क्रान्तिकारीबाट सभापतिमा संगम लामा,सचिव जगदिश गिरि ,कोषाध्यक्ष पुष्पा घर्ति मगर र सदस्यपदका लागि पासाङ पुन,हेमन्त रावल,धना कुमारी नेपाली,सुशान रिजाल ,रितु ददेल,तपेन्द्र जैसी,संगम राईको प्यानल चुनावी मैदानमा आएका छन् । चुनाव यही चैत ५ गते बिहान ८ बजे देखि ४ बजे सम्मा हुने तयारी छ । 

    प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - १४:२९:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको