Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हिजो शनिवार पनि नेपाल शिक्षक महासंघले एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना

हिजो शनिवार पनि नेपाल शिक्षक महासंघले एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना

जोईन खबर

३, चैत्र २०८१
  • 523
    SHARES
  • हिजो शनिवार पनि नेपाल शिक्षक महासंघले एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना

    ३ चैत काठमाडौँ । नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनका क्रममा हिजो शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना दिइएको छ ।

    images

    सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकले आलोकनगरस्थित उक्त पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।यसअघिका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

    images
    images
    images

    दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने महासंघले जनाएको छ । शिक्षकले यसअघि नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०को पार्टी कार्यालयमा धर्ना दिएका थिए ।

    माग पूरा नभए चैत ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन गर्ने तय छ । चैत २० गतेदेखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - ०९:३५:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको