Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या

 जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या

जोईन खबर

३, चैत्र २०८१
  • 478
    SHARES
  •  जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या

    ३ चैत काठमाडौँ । तराई होलीमा जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा केही युवकहरुबीच  विवाद हुदा एक समूहले अर्काे समूहलाई छुरी प्रहार गरिएको हो ।

    images

    घटनामा मृत्यु हुने सो स्थानका १९ वर्षीय आँशु यादव माथि छुरा प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो । छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

    images
    images
    images

    धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भए पनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - १०:१७:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको