३ चैत काठमाडौँ । बहुगोत्री मिलन समाज गोरखाको अध्यक्षमा राजन ढुङ्गाना चयन भएका छन् । यस संस्थाले विभिन्न स्थानबाट गोरखा बजारमा आएर बसोबास गर्न व्यक्तिहरु मिलेर बनेको हो । उक्त संस्थाले बिहिबार सम्पन्न १७ औँ साधारण सभा तथा ७ औँ अधिवेशनबाट नयाँ कार्यसमितिमा राजन ढुङ्गानाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।
यस सम्पन्न समितिमा अध्यक्षमा राजन ढुङ्गाना , उपाध्यक्षमा मैया दाहाल, सचिबमा प्रदीप क्षत्री, कोषाध्यक्षमा मेघनाथ लामिछाने र सदस्यहरुमा शिवराम अर्याल, किरण ढकाल, बाबुराम तिवारी, संगिता लामिछाने, रामबहादुर खड्का, रञ्जना पोखरेल र धु्रव अधिकारी रहेका छन् ।
नवनिर्वाचित समितिले आफ्नो धर्म संस्कृतिको संरक्षण गर्दै अन्तिम दाहसंस्कार तथा अन्त्यष्टीको कार्यक्रममा संस्थाका सदस्यहरुले अनिवार्य रुपमा सहभागिता जनाउनु पर्ने निर्णय गरेको छ ।बहुगोत्री मिलन समाजका निवर्तमान अध्यक्ष सरोज पोखरेलको अध्यक्षता एवं जेष्ठ सदस्य देवी प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिवेशन सम्पन्न गरिएको हो ।