Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कोसी राजमार्गको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु 

कोसी राजमार्गको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु 

जोईन खबर

३, चैत्र २०८१
  • 532
    SHARES
  • कोसी राजमार्गको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु 

    ३ चैत काठमाडौँ । कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। एम्बुलेन्स बूढीगंगा गाउँपालिका वडा न-३ मा गएराति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स सडकको डिभाइडरमा ठोकिएको हो।

    images

    दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भई बूढीगंगा-२ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख राजन लम्सालले जानकारी दिए।

    images
    images
    images

    दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि विराट मेडिकल कलेज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बिरामीलाई अस्पताल पुर्‍याएर चालक घर फर्किंदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो।

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - १२:३०:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको