Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशको तेस्रो जित 

प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशको तेस्रो जित 

जोईन खबर

३, चैत्र २०८१
  • 577
    SHARES
  • प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशको तेस्रो जित 

    ३ चैत काठमाडौँ । आज भएको लुम्बिनी प्रदेशले  प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो जित हासिल गरेको छ । आज भएको सुरुवातीको  खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले हराएको हो ।लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७  रनमै अलआउट भएको हो ।

    images

    पृथु बास्कोटाले सर्वाधिक १५ रन बनाए । आशुतोष घिरैया र सुमन सुनारले समान ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।लुम्बिनीका लागि बिप्रासन केसी र अजय चौहानले ३(३ विकेट लिए भने निर्मल गुरुङ र रमेश कुर्मीले २.२ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.४ ओभरमा ११५ रनमा अलआउट भएको थियो ।

    images
    images
    images

    आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए । मनिष थापा र कप्तान देव खनालले समान १५ रन बनाए । सुर्य तामाङ र इशान पाण्डेले २.२ तथा रिजन ढकाल र सोनु देवकोटाले १.१ विकेट लिए ।लुम्बिनीले हालसम्म ४ खेल खेल्दा ३ जित निकालेको छ । भने बागमतीले ४ खेलमा १ जित मात्र निकालेको छ ।

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - १४:०५:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको