३ चैत काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्त राजा किन चाहियो भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको बताएका थिए । तेही बिषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आपत्ती जनाउँदा भनाभन समेत भएको छ।
सांसद पन्त बोल्दै गर्दा बीचमा उठेर राप्रपा सांसद शाहीले आपत्ती जनाएपछि सभामुखले समय लिएर बोल्न आग्रह गरे। तर,सांसद शाहीले नमानेपछि सांसद पन्तले आफ्नो समयमा बोल्न आग्रह गरे। आफ्नो अभिव्यक्तिप्रति शाहीले आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिए। उनले इतिहास पढेर आफूसँग बहस गर्न आउन चेतावनी समेत दिए।
मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनुहोस्। मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस्,उनले भने।उनले नेपालको संविधानले राजतन्त्र नचिन्ने बताए। सांसद पन्तले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानुन बनाउन खोजिएको विषयमा भएका चर्चाको मन्त्रीहरूले सदनमा जवाफ दिनुपर्ने बताए। जनताको भावनालाई नबुझ्ने र प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीहरूलाई सरकारमा राखिरहन आवश्यक नरहेको उनले बताए।