४ चैत काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य हिजैको मूल्यमा कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन सुन आईतबारको बजार मूल्यमा कायम भएको हो । यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।