५ चैत काठमाडौँ । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक आईजीपीमा दीपक थापा नियुक्ति भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय अनुसन्धान विभाग सीआईबीमा कार्यरत एआईजी थापालाई आईजीपीमा नियुक्ति गरेको हो । आईजीपी थापाले आज मंगलवारबाट करिब ८० हजार प्रहरीको कमान्ड सम्हाल्नुहुनेछ । प्रहरी महानिरीक्षक वसन्त कुँवर आजबाट अवकास भएपछि थापाले आईजीपीको वागडोर सम्हाल्नुहुनेछ ।
सरकारले थापालाई वरिष्ठताका आधारमा आईजीपी नियुक्त गरेको हो ।सरकारले प्रहरी नियमावली २०७१ अनुसार आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले बाजी मार्नुभएको हो । थापाले करिब ६ महिना अर्थात् २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नुहुनेछ ।आजबाट आईजीपीको पद सम्हालेसँगै उहाँमाथि दर्जनबढी चुनौती थपिएका छन् । राजावादीको सक्रियता, विभिन्न तहका आन्दोलन, प्रतिपक्ष दलको आन्दोलन, विभिन्न जातीय आन्दोलन नियन्त्रण गर्न चुनौती देखिएको छ ।
दिनदिनै बढ्दो क्रममा रहेको हत्या, लागुऔषध तस्करी नियन्त्रण, खुला सिमानामा हुने अपराध नियन्त्रण गर्नु उहाँको मुख्य चुनौती र काम हो ।भक्तपुर सिपाडोल स्थायी घर भएका थापा हाल भैंसेपाटीमा बस्नुहुन्छ । २०५२ सालमा प्रहरी निरीक्षक पदमा कार्यरत थापा २०६३ भदौ ८ गते प्रहरी नायब उपरीक्षक, ०७२ साउन ८ गते प्रहरी उपरीक्षक, ०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, ०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र सोही वर्ष चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुनुभएको थियो ।आजबाट आईजीपीको पद सम्हालेसँगै उहाँमाथि दर्जनबढी चुनौती थपिएका छन् । राजावादीको सक्रियता, विभिन्न तहका आन्दोलन, प्रतिपक्ष दलको आन्दोलन, विभिन्न जातीय आन्दोलन नियन्त्रण गर्न चुनौती देखिएको छ ।