Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आर आर क्यामपसमा एक संगठनले मध्ये राती तालाबन्दी अर्काे संगठनले गेटमा प्रदर्शन

आर आर क्यामपसमा एक संगठनले मध्ये राती तालाबन्दी अर्काे संगठनले गेटमा प्रदर्शन

जोईन खबर

५, चैत्र २०८१
  • 1.5K
    SHARES
  • आर आर क्यामपसमा एक संगठनले मध्ये राती तालाबन्दी  अर्काे संगठनले गेटमा प्रदर्शन

    ५ चैत काठमाडौँ । काठमाडौको प्रदर्शनीमार्गका रहेको रत्नराज्यलक्ष्मी आरआर क्यामपसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनन अघिलो दिन साभला पख स्थगित भएको थियो । निर्वाचनको सबै तयारी पूरा भइसकेको अवस्थामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो । आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित भए पछि  तत्काल  निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन  गरेकाे छ ।

    images

    निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा। पद्मकुमार अधिकारीले एक सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गरेको बताएका छन् ।सरोकारवाला पक्षासँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको निर्वाचन सिमित संयोजक भट्टराईले बताएका छन् ।अनेरास्ववियुले सोमबार मध्यराति क्याम्पसको प्रवेशद्वारमै ताला लगाएको हो ।

    images
    images
    images

    RR-Notice.jpg

    क्याम्पस प्रशासनले फर्जी कार्ड ९नक्कली परिचयपत्र० जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको दाबी गरेको छ । काठमाडौँमा हुने भनिएका धेरै क्याम्पसमा निर्वाच स्थगित भएको हो । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ ।प्रक्रिया केही ढिलो सुरु भएकोले विश्वविद्यालय क्याम्पसमा ८ गते मतदानको मिति तोकिएको छ ।

     

    प्रकाशित मिति :चैत्र ५, २०८१ मंगलवार - १३:२९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको