५ चैत काठमाडौँ । काठमाडौंको झोरबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक जना पक्राउ गरेको छ । मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।
सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी ९ ना ७ ख १६५२० र एक व्यक्तिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो।पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका-१ का कुशाङ लामा रहेका छन्।
उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए। प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए। उक्त सूचना प्रहरीले पाएको थियो। शंका लागेपछि काठमाडौंको झोरबाट उक्त गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।
उनीबाट प्रहरीले युरो र अमेरिकी डलर बरामद गरेको हो।गाडीको क्याबिनमा फल्स बटम बनाएर लामाले त्यसमा पैसा लुकाएर लैजाँदै गरेका थिए। ट्रकको पछाडि भने खाली नै थियो।