५ चैत काठमाडौँ । गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा स्ववियु चुनावको मतगणना सुरु भएको छ । केहीबेर अघिबाट मतगणना सुरु भएको क्याम्पस प्रशासनले जनाएको छ ।क्याम्पस हाताभित्रै मतगणना स्थल तयार गरिएको छ । आज भएको स्ववियु चुनावमा कुल ४ सय २१ मत खसेको थियो ।
द्रव्य शाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा १०० मत गन्दा नेकपा माओवादी केन्द्र निकट बिधार्थी संगठनबाट सभापति पदमा सचिन खनालको ३८ मत,सचिवमा एलन गुरुङको ३९ मत,कोषाध्यक्षमा अनुप सिंखडाको ३२ मत,सदस्यहरुमा करुणा प्याकुरेलको ३१ मत,सलिना थापा मगरको ३७ मत,अभिषेक तामाङको ३७ मत,सिर्जन अर्यालको ३१ मत,अनिशा रानामगरको ३४ मत प्रप्ता गरेको छन् ।
यसै गरि अर्काे प्रतिप्रर्धा सत्तारुढ गठबन्धन नेपाली कांग्रेसका बिधार्थी संगठन नेविसंघका सभापति ६१ मत,सचिवमा नेविसंघका सुप्रिन बस्नेतको ५९ मत,कोषाध्यक्षमा अनेरास्ववियुका असिम श्रेष्ठको ६६मत,सदस्यहरुमा नेविसंघका युकेन अर्याल ६७ मत,सुमिका घर्तीले ६४ मत,सायदा खातुनले ६२ मत,सन्दिप कार्कीले ६९ मतविपना कोइरालाकोले ६१ मत प्रप्ता गरेका छन् । मतगणना निरन्तर चलिरहेको छ । अहिले सम्मको मत परिणम अनुसार सत्तारुढ दलका संगठनले अग्रता लिएको हो ।