७ चैत काठमाडौँ । गोरखाको गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका सुलभ अमगाईको. प्यानल विजयी भएका छन् । हिजो चैत ५ गते भउको स्ववियु निर्वाचनमा सत्ता पक्ष नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरु भारी मत प्रप्ता गरेर विजयी भएका थिए
हिजो बिहान देखि सुरु भएको मतदान बेलुका ४ बजे सम्पन्न भएको हो । त्यसै मतलाई साझा ६ बजे बाट गणना गर्दा गोरखा क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीबाट सुलभ अम्गाई भारी मतका साथ निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका अम्गाईले सत्तारुढ दलका नेविसंघका रचन परियारलाई ४८ मतले पछि पार्दै अम्गाईले २०९ मत पाएका थिए भने उनका प्रतिस्पर्धी परियारले १६१ मत मात्रा पाएका हुन् । सचिवमा अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्माले १९९ मत प्रप्ता गरेर निर्वाचित भए ।
अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन् ।कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै आयुषा अर्याल विजयी बनेकी छन् । नेविसंघकी सविना गुरुङलाई ४२ मतले पछि पार्दै अर्यालले २०६ मत प्रप्ता गरेकी हुन् । उनका प्रतिस्पर्धी गुरुङले १६४ मत ल्याएकी छन् । विजेता प्यालनका सदस्यहरुमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा भारी मतका साथ निर्वाचित भएका छन् । उनीहरु सबै अखिल क्रान्तिकारीका हुन् ।