Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभा बैठकमा हिजो टोखामा बरामद भएको नगद २५ करोड घटनाको उच्चस्तरको छानबिन समिति बनाउन माओवादी केन्द्रका सांसद सापकोटाको माग

प्रतिनिधिसभा बैठकमा हिजो टोखामा बरामद भएको नगद २५ करोड घटनाको उच्चस्तरको छानबिन समिति बनाउन माओवादी केन्द्रका सांसद सापकोटाको माग

जोईन खबर

६, चैत्र २०८१
  • 583
    SHARES
  • प्रतिनिधिसभा बैठकमा हिजो टोखामा बरामद भएको नगद २५ करोड घटनाको उच्चस्तरको छानबिन समिति बनाउन माओवादी केन्द्रका सांसद सापकोटाको माग

    ६ चैत काठमाडौँ । प्रतिनिधिसभा बैठकमा हिजो टोखामा बरामद भएको नगद २५ करोड घटनाको उच्चस्तरको छानबिन समिति बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद सांसद माधव सापकोटाले माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले उक्त घटनाका बारेमा अनुसन्धान गर्न विशेष प्रकारको छानबिन समिति गठनको माग गरेका हसन् ।

    images

    हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोर क्षेत्रबाट सिन्धुपाल्चोकका कुसान लामालाई २५ करोड १ लाख ३३८रुपैयाँसहित पक्राउ गरेको थियो। सांसद सापकोटाले उक्त  घटनामा संलग्न जोसुकै होस् कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।डलर, युरो गरेर २५ करोड अवैध नगद बरामद भएको समाचारहरू बाहिर आएका छन्। प्रतिपक्षीले यो सरकार सुशासनका प्रति इमान्दर छैन र सरकारकाप्रति आशंका छ भनेर हामी चिन्ता व्यक्त गर्दै थियौं समेत भने ।

    images
    images
    images

    यसैले यो घटनाप्रति माओवादी केन्द्रको ध्यानकर्षण भएको बताए । यो घटनमा संलग्न जोसुकै उच्च तहका नेता कर्मचारीहरू तिनलाई कानुनी दायरामा ल्याउनका लागि माग गर्दछु।उनले  यति ठूलो तस्करीको घटनामा उपल्लो तहको कनेक्सन हु्नसक्ने भन्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।  उनले पुनस् यस्ता घटना दोहोरिन नदिन गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारवाही हुनुपर्ने बताए।

    प्रकाशित मिति :चैत्र ६, २०८१ बुधवार - १२:३१:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको