Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोटमा मुढाले  लागेर एक वृद्वको मृत्यु 

बारपाक सुलिकोटमा मुढाले  लागेर एक वृद्वको मृत्यु 

जोईन खबर

६, चैत्र २०८१
  • 1.1K
    SHARES
  • बारपाक सुलिकोटमा मुढाले  लागेर एक वृद्वको मृत्यु 


    ६ चैत काठमाडौँ । गोरखामा भीरबाट खसेको मुढाले लागेर एक वृद्वको मृत्यु भएको छ । माथि भिरबाट खसेको मुढाले लागेर घाँस काट्न गएकी एक वृद्ध महिलाको मृत्यु भएको हो ।

    images

    उक्त घटनामा मृत्यु हुने  बारपाक सुलिकोट गाउँपालिका  वडा न ४ तुक्राङ  घर भएकी ६९ बर्षकी बिमाया बरामको  मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

    images
    images
    images

    गाउँ नजिकैको बोरीखर्क जंगलमा घाँस काट्न गएकी वृद्ध महिला भीरबाट खसेको मुढाले लागेर घाइते भएको थिइन् ।

    घाइते वृद्वलाई घटना पछि  उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिचबाटोमा मृत्यू भएको डिएसपी सुवेदीले जानकारी दिए ।घटनाका बारेमा गोरखा इलाका प्रहरी जौबारीबाट खटिएका प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । घटना बारे थप विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :चैत्र ६, २०८१ बुधवार - १४:४८:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको